साप्ताहिक संवाददाता
पुस ४, २०७६
नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र मेलिना राईको स्वर रहेको छ । गीत डीपी खनालले लेखेका हुन् । संगीत भने शंकर थापाले भरेका छन् ।
गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जली अधिकारी, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ लगायत कलाकार फिचर्ड छन् ।
फागुन ९ गतेका लागि रिलिज डेट लिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।
गीतको भिडियो :