साप्ताहिक संवाददाता
पुस ६, २०७६
यतिबेला लोकप्रिय सिङगिङ रियालिटी सो नेपाल आइडलको तेस्रो चलिरहेको छ । गत साता मात्रै कार्यक्रको प्रत्यक्ष प्रसारण सुरु गरेको नेपाल आइडलको तेस्रो सिजनको दोस्रो श्रृंखला सकिएको छ । तेस्रो सिजनको दोस्रो श्रृंखला सकिदा उक्त प्रतियोगीतामा एक प्रतियोगीले गोल्डेन माइक प्राप्त गरेका छन् ।
काठमाडौं अडिसनका क्रममा काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले तेस्रो सिजनको पहिलो गोल्डेन माइक प्राप्त गरेकी छिन् । श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा...’ र ‘किन रुन्छ यो मन...’ गाएकी थिइन् ।
स्कुल जीवनबाटै गीत गाउँदै आएकी मेघाले विमेन इन कन्सर्टबाट पनि गीत गाउँदै आएकी छन् । मेघाले अभया सुब्बाको सहयोगमा संगीतको अभ्यास गर्दै आएको बताएकी छिन् । अहिलेसम्म काठमाडौं र बुटवल अडिसन सकिएको छ ।