साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक बालिकाको बलात्कारपछिको हत्या र त्यसपछि उत्पन्न भएको परिस्थितीको कथामा यो चलचित्र बनेको बताउँछ । यो चलचित्रको निर्माण निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाक्रमसँग जोडिएको निर्माण पक्षले बताएको छ ।
गणेश गिरीको प्रस्तुति रहेको यो चलचित्र शिवम् अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रलाई मनिराज गौतमले निर्माण गरेका हुन् । चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जिवनी खरेल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन, बन्दे प्रसादको सम्पादन, दीपक शर्माको संगीत यो चलचित्रमा छ ।
चलचित्र ‘कोपिला’को ट्रेलरले एक सामान्य परिवारमा दु:खद घटना घट्दा न्यायका लागि गर्नुपर्ने संघर्ष, परिवारले भोगेका पीडा र सो पीडामाथि खेल खेल्न कुन–कुन तत्व लाग्छन् भन्ने पनि देखाउन खोजेको छ ।
कोपिला ट्रेलर :