साप्ताहिक संवाददाता
पुस ६, २०७६
गायक प्रताप दास र गायिका सुष्मा बिश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘सुखमा मात्र होईन’ बोलको सार्वजनिक गीतमा यि दुई गायक गायिकाले युगल गायन गरेका हुन् ।
अम्बिका गुरुङले लेखेको उक्त गीतमा सरोज पोखरेलको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् ।
रोमान्टिक शैलीको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । निसान कास्यप घिमिरेले निर्देशन गरेको म्यूजिक भिडियोमा निराजन प्रधान र सृष्टि खड्का जोडीका रुपमा प्रस्तुत भएका छन् । गीतको म्यूजिक भिडियोमा मुस्ताङका मनोरम दृष्यहरु समावेश छन् ।
बुद्ध थापाको छायांकनमा तयार भएको म्यूजिक भिडियोमा बिकास दाहालको सम्पादन, सुरेस काफ्लेको ड्रोन, प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।
गीतको म्यूजिक भिडियो :