साप्ताहिक संवाददाता
सामान्यतया हामीले कागतीलाई गुणकारी फलका हिसावले बुझ्दै आएका छौँ । कागती सेवन स्वास्थ्यका लागि मात्रै नभएर सौन्र्दयका लागि पनि निक्कै उपयोगी मानिन्छ । मनतातो पानीमा कागतीको रस निचोरेर खानाले हाम्रो शरीरलाई भिटामिन सी तथा पोटासियम र फाइबर प्रचुर मात्रामा मिल्छ ।
तर, आज भने हामीले स्वास्थ्य र सौन्दर्यका हिसावले उपयोगी मानिएको र प्रयोग गर्दै आएको गुणकारी फल कागतीका केहि अवगुणका बारेमा चर्चा गरौं ।
सबैभन्दा ठूलो कुरा हामी कतिपयले हरेक दिन बिहान कागती पानीको सेवन गर्ने गरेका हुन सक्छौं । पेटको बोसो क मगर्न तथा मोटोपना घटाउन कागती पानीले सहयोग गर्छ । तर, नियमित रुपमा कागतीको रस सेवन गर्नाले पेटमा खबर गर्न सक्छ । कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउँन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
अर्को कुरा कागतीको रसले सिट्रस एसिड बढाउने हुँदा उक्त एसिडले दाँतमा असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।
- एजेन्सी