साप्ताहिक संवाददाता
पुस ७, २०७६
गीतकार सुक गुरुङको निधन भएको छ । ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु, छेक्यो छेक्यो देउराली डाँडा, भाइटीकामा भेट्न आउँला लगायतका उनका लोकप्रिय गीत हुन् ।
मिर्गाैलाको रोगले थलिएर गुरुङ्ले राम्रो उपचार गर्न सकेनन् । उच्च रक्तचाप, मधुमेहसँगका कारण उनले आँखाको दृष्टि गुमाएका थिए । २०२२ सालमा चितवनमा जन्मिएका सुकको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो । पोखरा २७ डाँडाकोनाकस्थित आफ्नै घरमा बस्दै आएका उनलाई उपचारका लागि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
गीतकार गुरुङको आइतबार नै पोखराको सेतीनदीस्थित रिठेपानी घाटमा गुरुङ संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।