साप्ताहिक संवाददाता
पुस ७, २०७६
गोपीकृष्ण मुभिजले नयाँ चलचित्र ‘माइकल अधिकारी’ बनाउने भएको छ । चलचित्रको आईतबार औपचारिक घोषणा गरिएको हो । ‘माइकल अधिकारी’मा सेरोगेसी (भाडाको काख) मुद्दालाई समावेश गरिने बताईएको छ ।
रञ्जित रौनियारले निर्देशन गर्न लागेको यो चलचित्रको कथा पनि रौनियारले ने लेखेका हुन् । चलचित्रको औपचारिक घोषणासँगै सांकेतिक पोस्टर पनि सार्वजनिक गरिएको छ ।
उद्दव पौडेलको प्रस्तुति रहने यो चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । अन्य कलाकारका लागि भने छनौटको काम भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।