साप्ताहिक संवाददाता
यतिबेला बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ प्रदर्शनको प्रचारमा छ । चलचित्र प्रचारकै क्रममा केहि दिन अघि मात्रै यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै दीपिकाको पनि प्रशंसा चुलिएको छ ।
दीपिकासँगै चलचित्रको चर्चा चुलिदै गर्दा दीपिकाले चलचित्र छायांकनका क्रमका अनुभ साटेकी छिन् । उनले यो चलचित्रमा एसिड पीडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छन् ।
उनले छपाकमा एसिड पिडितको रोल गर्दाको अनुभव सुनाउँदै भनेकी छिन्– ‘मैले यस्तो प्रोफेशन रोजेको छु, जसमा हामी कलाकारितामार्फत अरुको जीवन पनि बाँच्न सक्छौं । चलचित्र छायांकन गर्दा जब एसिड पीडितको क्यारेक्टरमा म आफूलाई देख्थे, मलाई लाग्थ्यो त्यो पीडित म आफै नै हो । आफ्नो अनुहारमा भन्दा पनि म उनको भावनासँग जोडिएको महसुस गर्थे ।’
मेगना गुलजार निर्देशित चलचित्र ‘छपाक’मा दीपिकाले पनि लगानी गरेकी छिन् । ‘छपाक’ जनवरी १० मा रिलिज हुने छ ।