साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापाको चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गर्ने खबर सार्वजनिक भएको लामो समय भैसक्यो । रेखा फिल्मस्को छैटौँ चलचित्रको निर्देशकका रुपमा रेखाले रेनशालाई अनुबन्धन गरेकी थिइन् ।
रेनशाको जन्मदिनको उपहार स्वरुप रेखाले रेनशालाई निर्देशकको जिम्मेवारी दिएकी हुन् । तर, रेनशाको अर्को जन्मदिन आउन लाग्यो, उक्त चलचित्र निर्माण हुने ठेगान छैन ।
रेनशाले अघिल्लो बर्ष प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । रेखाले आफ्नो चलचित्रको दसैंपछि छायांकन सुरु हुने बताएकी थिइन् ।
अभिमन्यू निरवीले तयार पारेको कथामा केन्द्रित हुने चलचित्रको नाम समेत अहिलेसम्म फाइनल भएको छैन ।
अभिनेत्री रेखाले स्क्रिप्टको काम पूरा भएपछि नाम नाम जुराइने बताएकी थिइन् । नाम नखुलाइएको उक्त चलचित्र अब कहिले छायांकनमा जान्छ ? यस विषयमा पछिल्लो समय निर्माण टिम मौन छ ।