साप्ताहिक संवाददाता
पुस ८, २०७६
गायिका सरु गौतम र गायक सुभाष पुरीको युगल गायनमा एक नयाँ गीत सार्वजनिक भएको छ । गीतमा एक अर्काले आफ्नो मायालाई भागेर जान आग्रह गरेका छन् । ‘जाउँन माया भागेर’बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतकार कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको सार्बजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन रहेको उक्त गीतको म्यूजिक भिडियो द कार्टुन क्रिउका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ ।
गीतको म्यूजिक भिडियो :