साप्ताहिक संवाददाता
गत दसैंको फूलपातीमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले प्रदर्शनको ५१ दिन पार गरेको अबसर पारेर शान्ति आधारभूत बिद्यालय नवलपुरका अनाथ वाललालिकालाई ३ लाख सहित केहि लत्ता कपडा वितरण गरिसकेको छ । । यो चलचित्र वर्षकै हिट चलचित्र हो । चलचित्र ‘छ माया छपक्कै’मा रोहित अधिकारीले लगानी गरेका छन् । यो उनको लगानीमा बनेको दोस्रो चलचित्र हो । पहिलोपटक लगानी गरेको चलचित्र ‘गाजलु’लोकप्रिय बनेपछि उनले ‘छ माया छपक्कै’ निर्माण गरेका थिए ।
सिने उद्योगमा निरन्तर हिट चलचित्र दिन सफल रोहितको अहिले सिने उद्योगमा राम्रै चर्चा छ । उनी अर्को चलचित्र निर्माणको तयारीमा पनि लागिसेका छन् । तर, उनी नेपालका हलवालासँग भने त्यत्ति सुन्तुष्ट देखिएका छैनन् । उनको यो असन्तुष्टि यसै साता मात्रै सार्वजनिक भएको छ ।
शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘दबंग ३’लाई हल संचालकले उल्लेख्य शोज दिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै हलवालाहरुमाथि आक्रोश पोखेका छन् । उनले नेपाली चलचित्र भएकै कारण आफ्नो चलचित्रले कम शोज पाएको उल्लेख गरेका छन् । विशेषगरि, ‘छ माया छपक्कै’ले क्यूएफएक्स चेनमै कम शोज पाएको थियो ।
अधिकारीले अगाडी लेखेका छन् ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नु भयो । यो दबंग भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली चलचित्र छक्का पन्जा सिरिजहरु चलेका थिए । तर, शोज चाही ४–५ गुणा कम थियो । नेपाली चलचित्र भएकै कारण कम दिइएको थियो ।’
रोहतले पाखेको उक्त तितोपनामा अर्का निर्माता तथा कलाकार दीपकराज गिरीले समर्थन गरेका छन् । रोहित अधिधकारीसँग ‘छ माया छपक्कै’ मार्फत टिमअप गरेका गिरीले रोहितको कुरामा समर्थन जनाउँदै लेखेका छन् ‘सत्य कुरा । सही हो । देशै उताबाट चल्या छ । हलको के कुरा, निर्माताहरु हलवालासँग डराउाछन्, हलवाला वितरकसँग डराउँछन् । वितरक उताको खान्छन् अनी यता कराउँछन् ।’