साप्ताहिक संवाददाता
पुस ८, २०७६
अर्जुन कुमारको चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ । राजधानी आसपासका क्षेत्रमा सस्पेन्स थ्रिलर चलचित्रलाई ३२ दिन लगाएर खिचिएको निर्माण पक्षले जानकारी दिएको छ ।
निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
टिमको लगाव र मिहेनतका कारण चलचित्रको छायांकन छिट्टै सकिएको निर्माता कुमारले बताए ।
अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्र आगामी चैत २८ मा यसवर्षको वहुप्रतिक्षित चलचित्र प्रेम गीत ३सँग प्रर्दशन हुँदैछ ।