साप्ताहिक संवाददाता
दीपिका पादुकोणको मुख्य अभिनय रहेको चलचित्र ‘छपाक’को सार्वजनिक ट्रेलरले धेरैलाई छोएको छ । सोहि कारण यो चलचित्र प्रतिक्षित चलचित्रमध्येको एक बनेको छ । यो चलचित्र आगामी १० जनवरी २०२० मा मा प्रदर्शन हुनेवाला छ ।
तर, दुर्भाग्य भन्नुपर्छ, यो चलचित्रलाई प्रदर्शन नहुँदै स्क्रिप्ट चोरीको आरोप लागेको छ । लेखक राकेश भारतीले निर्माण टिमलाई कथा चोरी गरेको आरोप लगाएका छन् । उनले मुम्बई हाई कोर्टमा निवेदन दर्ता गरेका छन् ।
एसिडबाट आक्रमणमा परेकी एक पीडित युवतीको कथामा यो चलचित्र आधारित छ । उजुरी गरेका लेखक भारतीले ‘छपाक’को कथा आफूले लेखेको र निर्माण टिमले आफूलाई कुनै क्रेडिट नदिएको उजुरी पत्रमा उल्लेख गरेका छन् ।
यसअघि भारतीले एसिड पीडितको कथामा ‘ब्ल्याक डे’ नामक चलचित्र निर्माण गर्ने बताएका थिए । तर, उक्त चलचित्र निर्माण भएको थिएन । ‘छपाक’मा आफ्नो कथा प्रयोग भएकोले चलचित्रको क्रेडिट आफुलाई दिनुपर्ने भारतीले माग गरेका छन् ।
अदालतले यस विषयमा २७ डिसेम्बरमा सुनुवाइ गर्नेछ ।