साप्ताहिक संवाददाता
पुस ९, २०७६
नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’का केहि क्यारेक्टर तस्बिरहरु सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गरेका विपिन कार्कीको क्यारेक्टर तस्बिर सार्वजनिक गरिएको हो ।
विपिनले दर्शकसँग सेल्फी खिच्दै गरेको देखि सिकर्मीको काम गरिरहेको तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको छ । यो चलचित्रले हास्य कलाकारको जिन्दगीको कथालाई चित्रण गरेको बताउँदै आइएको छ ।
हास्य कलाकार गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रममा जाँदाको कथालाई चलचित्र ‘सेल्फी किङ्ग’ले भन्ने छ । निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयमको हो ।
चलचित्र माघ २४ गतेबाट अल नेपाल रिलिजको प्रचारमा छ ।