साप्ताहिक संवाददाता
मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ लण्डनमा आयोजित मिस वल्र्ड २०१९ मा आफूले सक्दो प्रयास गरेको बताएकी छिन् । मिस वल्र्डमा अनुष्का उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् । उनले मल्टिमिडिया र ब्युटि विथ पर्पस अवार्ड हात पारेकी थिइन् ।
राजधानीमा आयोजित कार्यक्रममा अनुष्काले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् । उनले ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुँदाको अनुभव सुनाउँदै भनेकी छिन् ‘फाइनलको दिनसम्म पनि प्रतियोगिता हो भन्ने नै लागेको थिएन । यो एउटा विभिन्न देशका प्रतिनिधिहरुको भेटघाट र उत्सव जस्तो थियो । किनभने हामीलाई कहिल्यै पनि मुल्याङ्कन हुदैन थियो । हरेक दिन फाइनलको तयारी हुन्थ्यो । त्यहाँ एक–अर्कालाई चिनिरहेका थियौं । व्यक्तिगत र देशका प्रतिनिधिको हिसावमा पनि चिनिरहेका थियौं । यो एउटा संजाल जस्तो लाग्थ्यो मलाई ।’
अनुष्काले आफूलाई ‘मिसवर्ल्ड’ एउटा खुल्ला मैदान जस्तै लागेको पनि उल्लेख गरेकी छिन् ।