साप्ताहिक संवाददाता
मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा १३ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष उपाधि उचालेकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसानी केसीले ताज लगाई दिएकि थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरेका थिए ।
उपाधिसँगै श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । त्यस्तै पहिलो रनरअप रेश्मा श्रेष्ठ भइन । उनले नगद ३० हजार प्राप्त गरेकी छिन् । प्रतियोगितामा दोस्रो रनरअप रेसु कालिकोटेले २० हजार प्राप्त गरिन् ।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए ।
सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगितामा नविन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ठ, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार निर्णायक थिए ।