पुस ११ गते तोल ल्होसार । १५ गते तमु ल्होसार । १६ गते राष्ट्रिय टोपी दिवस, सन् २०२० आरम्भ । १७ गते राष्ट्रिय पोसाक दिवस ।
मेष :
पारिवारिक रमाइलो जमघटमा स्वादिलो भोजनबाट सत्कार हुँदा मानसिक तनावसमेत कम हुनेछ । छोटो समयमा नै दिगो आम्दानी हुने कार्य हात लाग्दा चर्चित भइनेछ । खराब आचरण भएकाहरूले पिच्छा गर्न सक्छन् । सावधानी अपनाए उचित हुनेछ । हेक्का नराखी अरूलाई वचन दिनाले असहजता आइलाग्न सक्छ । सामाजिक हक हितको कार्य सम्पन्न गर्दा धेरैको भलाइ हुने कम गर्न सकिनेछ ।
वृष :
अरूलाई छिटो विश्वास गर्नाले धोका हुनसक्छ । एकाग्रता भई अध्ययन गरेमा सफलताका साथै विभिन्न अवसरहरूसमेत हात लाग्न सक्छ । घरायशी कार्यमा रुमल्दिँदा हितैषीभन्दा पछि पर्न सकिनेछ । आध्यात्मिक चिन्तन योग ध्यानले दुर्भावनाहरू समाप्ति हुँदै भावी मार्ग पहिल्याउन सहज हुनेछ । यो सात जोडी नम्बर भएका सवारी साधन चलाउँदा विशेष लाभ पाउने सम्भावना छ ।
मिथुन :
साता मध्यम तवरले बित्नेछ । विदेश यात्राको कार्य दु्रत गतिमा सम्पन्न गर्दा बढी प्रभावकारी हुनेछ । मन मिल्ने साथीको सुझाव पहिल्याउँदा सफलता नै हात पर्छ । नियमित शारीरिक व्यायाम तथा योगले थप ऊर्जा प्राप्त हुनेछ । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात गर्न सके उचाइमा पुगिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थको हेक्का राख्नुहोला ।
कर्कट :
करियर बनाउन विदेशी मित्रको सुझाव अनुशरण गर्दा थप सहज हुनेछ । सरकारी क्षेत्रमा कार्यरत कर्मचारी वर्गले जिम्मेवारीलाई बेवास्था गर्दा भविष्यका सम्भावानाहरू बिलाएर जान सक्छन् । खरानी तथा सेता रंगहरू प्रयोगमा ल्याउन सके सफलताको नजिक पुग्न सहज हुनेछ । खानपानको फेरबदलले स्वास्थमा प्रतिकूल निम्त्याउन सक्ने सम्भावना छ ।
सिंह :
फजुल खर्च गर्दा प्रेमिका चिडिने सम्भावना छ । मन लोभ्याउने पहिरन खरिद गर्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता आइलाग्न सक्छ सचेत रहनुहोला । सामूहिक लगानीमा गरिएको कार्यले बढी मुनाफा आर्जन गर्ने सम्भावना छ । साताको अन्त्यमा दानपुण्य परोपकारी कार्यमा संलग्न हुँदा आत्मा विश्वासको ऊर्जाप्राप्त हुनेछ ।
कन्या :
काममा गोपनियता अवलम्बन गर्न सके सजिलै परिणाम आफ्नो पोल्टामा पार्न सकिनेछ । मनोरञ्जन गर्दा तथा सवारी साधन चलाउँदा थप सावधानी अपनाउँदा नै उचित होला । प्रेम प्रस्ताव राख्नेहरूसँग यो साता सचेत रहनु नै आफ्नो कल्याण हुनेछ । आर्थिक व्यवहार तथा पारिवारिक वातावरणमा रुमल्दिँदा रोजगारीका सम्भावनाहरू ओझेलमा पर्न सक्छन् ।
तुला :
बेरोजगार युवा–युवती हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावनाको साता छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा विश्वास गरी भर पर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने सम्भाना छ सचेत भई आर्थिक कारोबारबाट टाडा रहनु उचित देखिन्छ । प्रशंसा गर्दै उपहार लिइ भेटन आउनेसँग सचेत अपनाउनुहोला ।
वृश्चिक :
मन मिल्ने साथी भेटिदै प्रेम बन्धनको गाँठो कसिने सम्भावना छ । जिद्दी गर्दै गल्ती सच्याउन खोज्दा झनपछि परिनेछ । सरोकार नभएका विषयमा चासो राख्दा थप हैरानीले सताउनेछ । अनुशासन एवं मर्यादा पालनले स्तर उचाइमा पुर्याउन सहयोग गर्नेछ । साताको अन्त्यमा विभिन्न परिकारका भोजन तथा सुन्दर वस्त्रको पहिरनले आन्नद तुल्याउनेछ ।
धनु :
अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ । कुरा काट्नेहरूले तपाईंको भौतिक साधनको समेत चियो चर्चो गर्न पछि पर्ने छैनन् । पहेंला धातुको उपहारसहित प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खवर सुनाउँदा हर्षित भइनेछ । मेहनत गर्दा जीवनशैली नयाँ रूपमा मोडिन सक्छ । विभिन्न स्थानहरूको भ्रमण हुँदै मनोरञ्जनले नै साता व्यतित हुनेछ ।
मकर :
रोकिएको विदेशी अध्ययनको प्रक्रिया स्वत: परिणाममा परिणत हुँदा हर्षित भइनेछ । मन पराउनेले दिएको सुझावलाई अनुशरण गर्दा समयको बचत हुनसक्छ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । भ्रमण गर्दा बढी खर्च भई व्यावहारिक झमेला आइलाग्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा बढी ध्यान पुर्याउँदा वेश हुनेछ ।
कुम्भ :
प्रेम–प्रेमिकाबीचको तितोपन उचाइमा पुग्दा खल्लोपन महसुस हुनसक्छ । बल मिच्याइ गरेका कार्य बिग्रने सम्भावना बढी छ । मेहनतले कार्य सम्पन्न गर्न सहज हुनेछ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए तापनि सफलताको हात लाग्ने नै छ । बेरोजगारिकाहरूका निम्ति विभिन्न रोजगारीका अवसर आइलाग्ने सम्भावना छ ।
मीन :
मनग्य आम्दानी हुने अवसर प्राप्त हुनसक्छ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा थप पाइदा उठाउन सकिनेछ । हुलमूलमा धन तथा गहना जोगाउने चेष्ठा गर्नुहोला प्रेम सम्बन्धमा सावधानी अपनाए फाइदा नै हुनसक्छ । पारिवारिक खिचतानीले भइसकेको कार्य पनि ओझेलमा पर्न सक्छ । चिसोबाट स्वास्थ जोगाउने प्रयत्न गर्नुपर्ला ।