साप्ताहिक संवाददाता
भारतीय चर्चित गायिका आशा भोस्ले यतिबेला नेपालमा छिन् । शनिबार नेपालमा हुन लागेको एक सांगीतिक कार्यक्रममा सहभागीता जनाउन बुधबार नेपाल आएकी भोस्लेले शनिबार रेडियो नेपालको अवलोकन गरेकी छिन् । उनले रेडियो नेपालमा पुगेर ‘रिहर्सल’ गरेकी छन् ।
भोस्लले रेडियो नेपालमा पुगेर आफूले स्वर दिएका नेपाली गीतमा रिहर्सल गरेकी हुन् । उनलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गरेका थिए । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले नेपाल आएकी हुन् ।
भोस्लेले शनिबार हुने साङ्गीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका अन्य नेपाली गीत प्रस्तुत गर्ने छिन् । उनलाई नेपालका ३५ जना कलाकारले साथ दिने साधना कला केन्द्रले जनाएको छ ।