साप्ताहिक संवाददाता
पुस ११, २०७६
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले कलाकारहरुलाई प्रशिक्षण दिने भएको छ । प्रतिष्ठानले एक सुचना प्रकाशित गरेर यस विषयमा जानकारी गराएको हो ।
प्रतिष्ठानले आगामी माघ महिनाबाट ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत गायन विधाको प्रशिक्षणमा पहिलो समुहको भर्ना समेत सुरु भैसकेको जनाएको छ । प्रशिक्षण प्रतिष्ठानकै कार्यालय काठमाडौं टोखामा दिईने छ । ख्यातीप्राप्त गायक तथा गायिकाहरुले प्रशिक्षण दिने जनाइएको छ ।
आर्थिक अवस्था कमजोर, दुर्गम तथा नवप्रतिभा कलाकारलाई विशेष छुटको व्यवस्था समेत गरिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।