साप्ताहिक संवाददाता
पुस ११, २०७६
बलिउड अभिनेता सलमान खान आजबाट ५४ बर्षमा पाइला चालेका छन् । उनको जन्मदिनको अवसरमा बिहानैदेखि बलिउडका हस्ती, उनका फ्यान, आफन्तले शुभकामना दिइरहेका छन् । अहिले सामाजिक संजालहरु उनका जन्मदिनका सुभकामनाले भरिएका छन् ।
खानले आफ्ना भाई सोहेल खानको घरमा जन्मदिन मनाए । उक्त अवसरमा साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउडका दर्जन भन्दा धेरै कलाकार पुगेका थिए ।
सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका खानलाई बलिउडमा सबैभन्दा धेरै सफल अभिनेताको रुपमा लिइन्छ । उनी अभिनित १५ चलचित्र १ सय करोडको सुचीमा पर्छन् । ५४ बर्षको उमेरमा पनि अविवाहित सलमानको नाम धेरै अभिनेत्रीहरुसँग जोडियो । तर, कसैसँग प्रेम टिक्न सकेन ।
हाल उनी कसको प्रेममा छन् जानकारीमा आएको छैन ।