साप्ताहिक संवाददाता
पुस १३, २०७६
सफल चलचित्र ‘छक्का पञ्जा’को चौथोँ सिक्वेल बन्ने भएको छ । छक्का पञ्जा ३ पछि रोहित अधिकारीसँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा–’को घोषणा गरेको हो ।
‘छक्का पन्जा ४’ निर्माण औपचारिक घोषणासँगै चलचित्र प्रदर्शनको मिति समेत तय गरिएको छ । यो चलचित्र २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्ने बताइएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माणमा जुटेको बताएका छन् ।
अहिले चलचित्रको कथा लेख्ने काम सुरु भएको दीपकराज गिरीको भनाई छ । यो चलचित्र दीपाश्री निरौलाले नै निर्देशन गर्ने भएकी छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायका कलाकारले अभिनय गर्ने छन् ।