साप्ताहिक संवाददाता
पुस १३, २०७६
संगीतकार ज्योतिप्रकाश नयाँ गीतका साथमा दर्शक/स्रोता माझ आएका छन् । ‘निष्ठुरी’ बोलको सार्वजनिक गीतमा चन्द्र भट्टचनको शब्द रहेको उक्त गीतमा ज्योतिप्रकाशलेनै स्वर दिएका छन् । गीतमा सुदिप सागरको संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको भिडियो ‘निष्ठुरी’ को भिडियो ओएसआर डिजिटलले नेपालको यूट्यूबबाट सार्वजनिक गरेको हो । चित्रकलासँगै जोडेर कला स्टुडियोमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण गरिएको छ । भिडियोलाई नवीनबाबु गुरुङले छायांकन गरेका छन् भने गरव योञ्जनको सम्पादन रहेको छ ।
सुमन बैरागीले निर्देशन गरेको म्यूजिक भिडियोलाई विजय महर्जनको कला स्टुडियोमा छायांकन गरिएको हो ।
गीतको म्यूजिक भिडियो