साप्ताहिक संवाददाता
महानायक राजेश हमालले युवालाई देशमै रोजगारी दिन सके बढ्दै गएका विकृति क मगर्न सकिने बताएका छन् । उनले पैसा कमाउन विदेशिएकै कारण थुप्रै नेपालीको परिवार विखण्डन भएको समेत उल्लेख गरेका छन् ।
दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा पाल्पा पुगेका हमालले स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिएका हुन् ।
अभिनेता हमालले देशमा जीवन धान्न नसकेर विदेश पलायन भएका युवाहरुको अभाव देशमा खड्किएको समेत उल्लेख गरेका थिए । महोत्सव कार्यक्रममा नेपाली चलचित्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अभिनेता हमाललाई सम्मान पनि गरिएको थियो ।
साथै कार्यक्रममा पाल्पामा जन्मिएर विशिष्ट स्थानमा पुग्न सफल मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, डा. भगवान कोइराला, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी प्रमुख कुबेर सिंह राना लगायतलाई सम्मान गरिएको थियो ।