साप्ताहिक संवाददाता
‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्रायाउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो ।
गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रूपमा चर्चा गरिएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेलरोटी साथै मौलिक खानाका साथमा नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गरिएको छ । गीतको भिडियो पनि त्यहि अनुसार तयार पारिएको छ ।
उरारा शलिन कार्कीले लेखेको उक्त गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिनेगीतकारले बताएका छन् ।
गीतमा हरि लम्सालको संगीत तथो आनन्द कार्कीको स्वर सुन्न सकिन्छ । राज लामिछानेले अनुवाद रहेको गीतमा उदय विक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पूर्णिमा लामा, हरि शाही, सुधा कार्की, प्रतिमा थापालगायत कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको छ ।
गीतको भिडियो :