साप्ताहिक संवाददाता
पुस १४, २०७६
सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री मध्येमा पर्छिन – वर्षा शिवाकोटी । उनी यतिबेला अरुण लामाको चलचित्र ‘चालबाज’को छायांकनका क्रममा छिन् । यो चलचित्र हाल ग्रीसमा छायांकन भैरहेको छ । चलचित्र छायांकनका लागि वर्षा पनि ग्रीस पुगेकी छिन् ।
चलचित्र छायांकनका लागि ग्रीस पुगेकी वर्षाले ग्रीसको सेन्टोरिनीबाट इन्स्टाग्राम र फेसबुकमा आफ्ना केही ‘बोल्ड तस्वीर’ सेयर गरेकी छन् । उनले शेयर गरेका तस्बिरमा सकारात्मक र नकारात्म दुबै कमेन्ट आएका छन् ।
नयाँ चलचित्र ‘सुदूर’मा साइन गरिसकेकी वर्षाले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ आगामी २१ चैतमा रिलिज हुँदैछ ।