साप्ताहिक संवाददाता
पुस १४, २०७६
नेपाली कथानक चलचित्र ‘लभ डायरिज’को गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर सुन्न सकिन्छ ।
गीतको भिडियोमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाल लगायत कलाकार फिर्चड छन् । निर्देशन सौरभ चौधरीले गरेका छन् ।
चलचित्र ‘लभ डायरिज’ फागुन २ गते अल नेपाल रिलिज हुँदैछ ।