साप्ताहिक संवाददाता
बलिउडका महानायक अमिताभ बच्चन ‘दादासाहेब फाल्के अवार्ड’ बाट सम्मानित भएका छन् । गत आईतबार राष्ट्रपति निवासमा राष्ट्रपति राम नाथ कोविन्दले उनलाई यो सम्मानन प्रदान गरेका हुन् ।
अवार्ड पाएपछिको खुशी अभिताभले ब्लगमार्फत् ब्यक्त गरेका छन् । उनले अवार्डले आफूलाई भावुक बनाउँका साथै गर्व महसुस भएको उल्लेख गरेका छन् ।
अभिताभले ब्लगमा लेखेका छन्– ‘हामी सबैको जीवनमा त्यस्तो समय हुन्छ जब हामी विगतका, बितिसकेका कुरामा आत्मग्लानी नगरी आत्मसात गरिरहेका हुन्छौँ । जब समयले तपाईंलाई झक्झकाउँछ तब तपाईं आश्चर्यचकित पर्नुहुन्छ कि तपाईं वास्तवमै जेठो हुनुहुन्छ कि हुनुहुन्न ? एकाएक स्वभावले अस्तित्वलाई आक्रमण गर्छ र त्यहाँ एउटा मौन विचारले हामीलाई भन्छ कि तिनीहरूसँग केही गर्नुपर्दैन.... यी चित्रहरूले यो सबै भन्छन् ।’ उनले आफूले अवार्ड प्राप्त गरेका तस्बिरहरु पनि शेयर गरेका छन् ।
उनले अगाडी लेखेका छन्– ‘मैले पाएको परिचयका लागि म गौरवान्वित छु । मेरो पेसालाई मिलेको परिचयका लागि म अभारी छु । म मेरो देश र चलचित्र क्षेत्रका लागि यो अत्यन्त हर्षको कुरा हो ।’ आफूले प्राप्त गरेको उक्त अवार्ड अभिताभले आफ्नो आमाबुबा, चलचित्रकर्मी, कलाकार र दर्शकको माया र साथको परिणाम हो भन्दै यो माया र साथका लागि सधैं ऋणी रहेको समेत उल्लेख गरेका छन् ।