साप्ताहिक संवाददाता
पुस १७, २०७६
नेपाली कथानक चलचित्र ‘बुलबुल’ फोपीमा हेर्न सकिने भएको छ । हल रिलिज भैसकेको चलचित्र ‘बुलबुल’ अब फोपीमा हेर्न सकिने भएको हो ।
चलचित्र हेर्न ५० रुपैयाँ तिर्नु पर्नेछ । फोपी एप डाउनलोड गरेर प्राप्त निर्देशन अनुसार पैसा तिरेपछि चलचित्र हेर्न सकिन्छ ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषालले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । दर्शकको राम्रो प्रतिकृया पाएको यो चलचित्र वर्षको सफल चलचित्र पनि हो ।
यो चलचित्रमा वैदेशिक रोजगारका लागि श्रीमान् विदेश गएपछि सानी छोरी र बृद्ध ससुरालाई पालिरहेकी एक टेम्पो चालक महिलाको मनोदशा प्रस्तुत गरिएको छ ।