साप्ताहिक संवाददाता
पुस १७, २०७६
नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । बुधबार राजधानीको दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजना सहित भ्रमण वर्षको शुभारम्भ गरिएको हो । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्राउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।
यता, सांगीतिक समूह ‘कुटुम्ब’ नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा ३ सय ६५ जना संगीतकारसँग प्रस्तुत भएको थियो ।
यस्तै, भ्रमण वर्षको शुभारम्भका क्रममा अभिनेता राजेश हमालले भिजिट नेपाल २०२० लाई सफल पार्न लागि पर्नुपर्ने उल्लेख गरेका छन् । २० हजार पर्यटक नेपाल भित्राउनु आफैंमा एक चुनौती भएकाले सबैले सहयोग गरेको खण्डमा असम्भव पनि नरहेको हमालको भनाई थियो ।