पुस २१ गते पुत्रदा एकादशी । २४ गते नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
मेष
प्रतिस्पर्धीले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नो पोल्टामा पर्नेछ । अध्ययनका निम्ति देखिएका दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछन् । यात्राको अवसरसँगै चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । सेतो रंग अवलम्बन गर्दा सहजता महसुस हुनेछ । बुधबारपछि काममा थप जटिलता आइलाग्ने सम्भावना छ ।
वृष
मनमा उत्पन्न सकारात्मक विचारले नौलो प्राविधिक इलम रोज्नुहुनेछ । सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट सोचेभन्दा बढी ज्ञान आर्जन गरी लाभ लिन सक्नुहुनेछ । गरिब, असहायलाई सहयोग गरी पूण्य आर्जन गर्ने सम्भावना छ । अभिभावकसँग आफ्ना विचार नमिल्दा थप जिम्मेवारी बोध गर्दै रोजगारीका क्षेत्र पहिचान गरिनेछ ।
मिथुन
सोचेको सफलता हात पार्न थप मेहनतको जरुरी पर्नेछ । प्रेमी–प्रेमिकाबीचको भावी योजना ओझेलमा पर्न सक्छ । अभिभावकको सुझाव आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सकिनेछ । अर्काको देखासिकी गरी पहुँच तथा क्षमताले नभ्याउने काममा समय खर्चिंदा पछि परिएला । कालो रंगको सवारी साधन चलाउँदा संयमता अपनाउनुपर्नेछ ।
कर्कट
सहयोगीका प्रस्ताव स्विकार्दा फाइदा नै हुनेछ । अभिभावकको सुझावअनुसार कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । प्रतियोगितात्मक कार्यक्रममा भाग लिँदा सम्मानित हुने अवस्था सिर्जना हुन सक्छ । विदेशी मित्रसँगको भेटघाटमा नयाँ कार्य योजना बनाउने सम्भावना छ । मनोरञ्जक कार्यमा भाग लिँदा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ ।
सिंह
तपाईंको मेहनत तथा लगनशीलतालाई अरूले प्रशंसा गर्नेछन् । विवेक नपुर्याई गरेको कार्यले नोक्सान पुर्याउन सक्छ । अनावश्यक बाहिरी कुराले तपाईंप्रति पारिवारिक गुनासो बढ्न सक्छ । जिम्मेवार भई व्यवहार गरे स्वत: मुक्त भइनेछ । सुनौलो रंगको अनुसरणले थप ऊर्जा मिल्न सक्छ ।
कन्या
गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैली परिवर्तन गर्नु जरुरी छ । नितान्त पारिवारिक भेटघाटले मांगलिक कार्यको मिति निर्धारण गर्नेछ । आम्दानी राम्रै रहे तापनि फजुल खर्चले सताउन सक्छ । तपाईंको संयमता र प्रभावले बिग्रन लागेका कार्यहरू सफलतामा परिणत हुनेछन् ।
तुला
मित्रता र प्रेमको गाँठो कसिन सक्छ । प्रयत्नले लक्ष्यको शिखर छुन सक्छ । मान्यजनको सुझाव अँगाल्दा सकारात्मक बाटो पहिल्याउन सकिनेछ । भविष्यका निम्ति दिगो जग बसाउने कार्य सञ्चालन गर्ने अवसर जुट्न सक्छ । छोटो समयमा परिचित नयाँ मित्रहरूसँग भ्रमण गर्दा झनै सचेत हुनुपर्नेछ । वादविवादमा अघि सर्नु उपयुक्त हँुदैन ।
वृश्चिक
खर्च भए पनि लामो तथा छोटा दूरीको यात्रा गर्ने सम्भावना छ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ । प्रेमिकाले नौलो उपहारको अपेक्षा गरेकी छिन्, भावना बुझ्ने प्रयत्न गर्दा उपयुक्त नै होला । खरानी रंगको पहिरन प्रयोग गरेमा नसोचेको परिणाम हात लाग्ने सम्भावना छ ।
धनु
आम्दानीको दिगो स्रोत पहिल्याई सवारी साधन खरिद गर्ने प्रक्रिया अघि बढाउन सक्नुहुनेछ । नाम र धनले चुनौती निम्त्याउन सक्छ । सचेत हुनुपर्नेछ । समय बलवान् भए पनि प्रतिष्ठा जोगाउने प्रयत्न भने गर्नुपर्ने हुन्छ । मनोरञ्जन तथा रसापालनमा भेटिएमा मित्रहरूले तपाईंबाट फाइदा उठाउन सक्छन् । संयम भई व्यवहार गर्नु उपयुक्त हुनेछ ।
मकर
प्रेमको जाल रच्नेहरूले झुक्याउन सक्छन् । बुद्धिको सहायताले जटिल परिस्थितिको सामना गर्न सकिनेछ । भोजभतेरमा लामो समय रुमल्लिँदा आफैंलाई घाटा हुने खतरा रहन्छ । नयाँ अवसरका निम्ति शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । हठ गर्ने स्वभावले साताको अन्त्यमा मन पराउनेसँग खटपट हुने सम्भावना छ ।
कुम्भ
विरोधीहरूलाई आकर्षित गर्दा मान–सम्मान गर्दा तपाईंको व्यक्तित्व नै उचाइमा पुग्ने सम्भावना छ, जसले गर्दा प्रेमी/प्रेमिकाबाट नसोचेको उपहारसहित धन्यवाद प्राप्त हुनेछ । नीलो रंगको पहिरन प्रयोग गर्दा बढी ऊर्जा मिल्दै त्रुटिहरू समायोजन गर्ने क्षमता वृद्धि हुनेछ । हेलचेक्र्याइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना आइलाग्न सक्छ ।
मीन
पारिवारिक बन्धन तथा बन्देजका बाबजुत प्रेमिकाले तपाईंलाई समर्थन गरेर कुरिरहेकी छिन्, गाँठो फुकाउन ढिलाइ नगर्दा बेस हुनेछ । मंगलबारपछिका दिनहरूमा धन सापटी लिएका साथीहरूले फिर्ता गर्दा थप सहयोगसमेत गर्न सक्ने सम्भावना छ । नयाँ अवसरको खोजीमा केही दौडधूप पनि गर्नुपर्ने हुन्छ ।