साप्ताहिक संवाददाता
‘मेरो डान्स कप’ को चौथो र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार पत्रकार सम्मेलन औपचारिक घोषणा गरिएको उक्त कार्यक्रम जनवरी ४ मा अमेरिकाको ओहोयास्थिति एक्रोनमा हुनेछ ।
‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकका रूपमा रहनेछन् ।
अमेरिकाका विभिन्न सहरमा अडिसनबाट छानिएका २० जना नव प्रतिभाले यस रियालिटी सोमा सहभागिता जनाउन पाउने छन् । दुवै सोका विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।
दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने आयोजक सदस्य अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । इन्टरनेसनल होम केयरका सञ्चालक डिल्ली अधिकारीले सोको आयोजना गर्न लागेका हुन् । दुवै शोको ग्रान्ड फिनाले अगस्तमा हुँदैछ ।