साप्ताहिक संवाददाता
पुस २०, २०७६
अभिनेत्री ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको ६७ बर्षको उमेरमा निधन भएको छ ।
ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी थिइन् ।
केही समय अगाडि अभिनेत्री शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बसेको बताएकी थिइन् ।