साप्ताहिक संवाददाता
पुस २०, २०७६
काठमाडौं
छोटो समयमै बलिउडमा छुट्टै पहिचान गराइसकेका अभिनेता बरुण धवनले छिट्टै बिहे गर्ने भएका छन् । तर, उनको बिहे कहिले हुन्छ भन्ने विषयमा धवनले मुख खोलेका छैनन् । अभिनेता धवनले कलेजदेखिकी प्रेमिका नताशा दलालसँग विवाह गर्ने पक्का भएको छ ।
‘स्टुडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका धवन कलेजदेखि नै नताशासँगको सम्बन्धमा थिए । कलेज उमेरदेखिको सम्बन्ध बलिउडमा लोकप्रिय हिरो हुँदासम्म टिकिरह्यो, जुन बिहेमा बदलिनेवाला छ । निकै लामो समय डेटमा रमाएपनि उनीहरुले यो सम्बन्धलाई गोप्य राखेका थिए । हालै धवनले एक मिडियामा आफु उनै प्रेमिकासँग बिहे गर्न लागेको खुलासा गरेका थिए । बुझिएअनुसार उनीहरुको बिहे आगामी अप्रिलमा हुने भएको छ ।