साप्ताहिक संवाददाता
पुस २१, २०७६
गायिका आनी छोइङ्ग डोल्माले मलेसियामा आफ्नो प्रस्तुती दिएकी छिन् । उनले यसै साता मलेसियाको क्वालालम्पुरमा आफ्ना चर्चित गीत प्रस्तुत गरेकी हुन् ।
‘भिजिट मलेसिया २०२०’ को अवसरमा आयोजित सांगीतिक कार्यक्रममा आनी आफ्ना गीत सहित प्रस्तुत भएकी हुन् ।
क्वालालम्पुरको स्टेजमा गायिका आनीलाई गीतारमा न्ह्यु वज्राचार्यले साथ दिएका थिए । कार्यक्रममा उनले ‘भिजिट नेपाल २०२०’ को पनि प्रवर्धन गरेकी छन् ।