हङकङको ब्यस्त, आधुनिक शहरका प्रमुख सडकहरुमा नेपालको राष्ट्रिय झन्डा फहराउदै ५ वटा खुल्ला बसहरुको लाईन लाग्यो । नेपाली मौलिक बाजा (ढोल, झ्याम्टा, नसिङ्गा, सहनाई), लाखेका साथमा नेपाली संगितले वातावरण रोमाञ्चक बन्यो । भिजिट नेपाल २०२०, वेलकम टु नेपाल, भिजिट वान्स लाईफ टाईम एक्सपिरिन्स जस्ता नाराले बस श्रृगारिएका थिए । भिजिट नेपालकै लोगो अंकित टिसर्ट र विभिन्न जातिय पहिरनमा थिए सहभागीहरु । यो दृश्य भिजिट नेपाल २०२० को हङकङ उद्घाटनमा देखिएको हो ।
नेपालमा भ्रमण बर्ष २०२० को शुरुवात भईरहदा करिब ४० हजारको हारहारीमा नेपालीहरुको बसोबास रहेको हङकङमा पनि भब्य शुरुवात गरिएको छ । हङकङ स्थित नेपाली महावाणिज्यदूतावासको आयोजनामा सम्पन्न गरिएको भिजिट नेपाल प्रचारात्मक कार्यक्रममा, हङकङका प्रमुख शहरका सडकहरुमा भिजिट नेपाल २०२० को प्रचार गरिएको थियो । ५ वटा खुल्ला बसमा करिब ५०० को हारहारीमा सहभागीहरुले शहर परिक्रमा गरेका थिए ।
हङकङ स्थित सेन्ट्रल फेरि पाएरबाट शुरु भएको परिक्रमा डेढ घण्टाको यात्रापछि सेन्ट्रलमै आएर सकिएको थियो ।
कार्यक्रममा हङकङका स्थानिय चाईनिज, ब्यापारी, ब्यवसायी, विद्यार्थी विभिन्न जातिय, क्षेत्रिय संघसस्थाका प्रतिनिधी, कुटनैतिक ब्यक्तित्व, हङकङ सरकारका प्रतिनिधी लगायतको उल्लेखय उपस्थिती रहेको थियो ।
नेपाल सम्भावनाको प्रचुरता भएको देश हो । स्थाई शान्ति र अमनचैनसगै नेपालको मौलिकता र प्राकृतिक शुन्दरताको अव विश्वले प्रशंसा गर्दछ । हाम्रो शालिनता र प्राकृतिक उपहारलाई हेर्नको लागि विश्वलाई हामीले निमन्त्रण गरिसकेका छौ । कतिपय विदेशीहरुलाई नेपाल होलिडीको लागि उपयुक्त डेस्टिनेशन हो भन्ने थाहा छैन । आजको कार्यक्रमबाट चाईना र हङकङका पर्यटकहरुलाई आकर्षित गर्नका लागि थप टेवा अवश्य पुग्नेछ हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए ।
हङकङ पर्यटन मन्त्रालयको प्रतिनिधीत्व गरेर आएकी मिस छोईले भिजिट नेपाल २०२० सफलताको शुभकामना दिदै भनिन हङकङको भुमिबाट नेपाल घुम्नका लागि गरिएको निमन्त्रणालाई अवश्य सवैले आत्मसाथ गर्नेछन् । म मेरो तर्फबाट पनि नेपालको यो पर्यटकिय अभियानलाई साथ दिदै प्राकृतिक सम्पदाहरुले भरिपुर्ण नेपाल घुम्न जानका लागि आग्रह गर्दछु । कार्यक्रममा तीन पटक सगरमाथाको सफल आरोहण गरेका हङकङ निवासी जोन चाङलाई भ्रमण बर्ष २०२० को सद्भावना दुतको प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल एयरलाईन्सका हङकङ स्थित कन्ट्रि म्यानेजर नवराज उपाध्यय भन्छन् हामी विदेशीलाई मात्र हैन, विदेशलाई कर्मथलो बनाएका नेपालीहरुलाई पनि आफ्नो देश घुम्नका लागि प्रेरित गर्दछौ । हाम्रो साझा नारा नै बनिसकेको छ भिजिट नेपाल फ्लाई विथ नेपाल एयर लाईन्स ।
प्राकृतिकताको प्रशस्त सम्भावना बोकेको नेपाल, मात्र प्रचारको अभावले पछि परिरहेको छ । बढ्ढो प्रदुषण र मानव निर्मित संशाधनबाट आजित मानिसहरुले प्राकृतिक मनोरम खोजिरहेका छन् । मेरा अधिकांश विदेशी साथीहरु पनि नेपालको मनोरमताको फ्यान भईसकेका छन् वी विल राईज फाउन्डेसनका संस्थापक तुलसीकुमार गुरुङ बताउाछन् ।
नेपालीहरुले भिजिट नेपालको प्रचार गरिरहदा विदेशीहरुले चासोका साथ नेपालको बारेमा सोधिरहेका थिए । हामीले चीनको स्वशासित भुभाग हङकङबाट ब्यापारका साथै पर्यटकिय संभावनाका अनेकन काम गर्न सक्छौ ब्यवसायी तुलसी उप्रेती भन्छन् सरकारको २० लाख पर्यटक भित्राउाने योजनालाई थप बल पुगेको छ ।
हङकङका नेपालीहरुको स्वतस्र्फुेत सहभागीताले हामी उत्साहित भएका छौ । आफ्नो देशको प्रचारमा जसरी एकजुट भएर हङकङेली युवायुवतीहरु लाग्नु भयो यो नै प्रचारको एउटा गतिलो उदाहरण हो एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङ भन्छिन् ।
सम्पन्न कार्यक्रममा एनआरएन हङकङ सहआयोजककोरुपमा सहभागी भएको थियो ।
तस्बिर : विक्रम गुरुङ