साप्ताहिक संवाददाता
पुस २२, २०७६
चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा अवार्ड’को दसौं संस्करण आयोजना हुने भएको छ । नेफ्टा अवार्ड २०७६ नेपालमै आयोजना गरिने बताइएको छ ।
‘भ्रमण वर्ष–२०२०’ को अवसरमा दसौं संस्करण नेपालमै आयोजना गर्न लागेको अध्यक्ष पुष्कर लामाले बताएका छन् । अवार्ड २०७६ चैत १५ गते टुँडिखेलमा आयोजना हुने छ ।
दसौं नेफ्टा अवार्ड ‘ड्रिम हाई नेपाल’को सहकार्यमा आयोजना हुने छ । नेफ्टा अवार्ड दुबई, हङकङ, मलेसिया लगायत देशमा आयोजना गरिसकिएको छ ।
३२ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा पपुलर नायक, पपुलर नायिका र पपुलर चलचित्र नेफ्टा टिमले छान्ने छन् । भने उत्कृष्ट जनजाति चलचित्र र बाँकी जुरी अवार्ड निर्णायकको अधिनमा हुने अध्यक्ष पुष्कर लामाले बताए ।
नेफ्टा अवार्ड सन् २००६ देखि आयोजना हुँदै आएको छ ।