साप्ताहिक संवाददाता
गायन प्रतियोगिताको रियालिटी शो ‘नेपाल स्टार’को अडिसन बुटवलबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो अडिसन शनिबार बुटवलको श्री कालिका मानवज्ञानको प्राङ्गणमा भएको छ ।
बुटवल आसपासका अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी, दाङ, प्युठानलगायतका जिल्लाका प्रतियोगीहरुले अडिनसनमा सहभागीता जनाएका थिए ।
नेपाल टेलिभिजनको प्रस्तुति र की एडभर्टाइजिङको व्यवस्थापनमा सुरु भएको गायन प्रतियोगिताको अडिसन धनगढी, सुर्खेत, पोखरा, चितवन, बर्दिवास र इटहरीमा हुनेछ ।
‘नेपाल स्टार’को अडिसन २२ पुसमा धनगढी, २५ पुसमा सुर्खेत, २९ पुसमा पोखरा, ३ माघमा चितवन, ६ माघमा बर्दिवास र ९ माघमा गते इटहरीमा हुनेछ ।
प्रतियोगितामा १६ देखि ४५ वर्ष उमेर समुहका व्यक्तिले सहभागीता जनाउन पाउने छन् । फारम अडिसन स्थलबाट र अनलाइनबाट पनि भर्न सकिने व्यावस्था मिलाइएको छ ।
‘हामी नेपाली, हाम्रो अवाज’ नारासहित सुरु हुन लागेको ‘वाईवाई नेपाल स्टार’ गायन रियालिटी शो करिब ६ महिनासम्म चल्नेछ । प्रतियोगिताम रामकृष्ण ढकाल, अन्जु पन्त तथा आलोकश्री निर्णायकको भूमिकामा देखिएका छन् ।
प्रतियोगिताको विजेताले प्रतियोगीताको शिर्ष उपाधि सहित नगद ३० लाख रुपैयाँ पुरस्कार पाउने छन् । अन्य ३ जनाले ७–७ लाख रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।