साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
चलचित्रमा नेपाली सिरयलहरूमा देखिने कमेडियन सेलिब्रिटीको कथालाई उठान गरिएको छ । एक कमेडियन नेपालको कुनै एक ठाउँमा सांस्कृतिक कार्यक्रममा जाँदाको कथा नै चलचित्रको मुख्य कथा रहेको ‘सेल्फी किङ’का निर्माता दिनेश राउतले बताएका छन् ।
पर्दामा हँसाइरहने कमेडियनको जीवनमा पनि केही न केही समस्या हुन्छ भन्ने तथ्यलाई चलचित्रले उजागर गर्ने उनको भनाइ छ । पर्दामा हँसाइरहने पात्रको जीवन पनि त्यस्तै सुखी होला भन्ने आम मान्छेले सोचे पनि वास्तवमा त्यस्तो नहुन पनि सक्छ भन्ने यर्थाथलाई चलचित्र मार्फत देखाउन खोजिएको राउत बताउँछन् ।
चलचित्र विशाल सापकोटाले निर्देशन गरेका छन् । अभिनेता विपिन कार्की चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रको कथा निर्देशक विशाल सापकोटाले नै लेखेका हुन् । विशालको डेब्यु निर्देशन ‘सेल्फी किङ’ माघ २४ गते रिलिजको प्रचारमा छ ।
चलचित्रको ट्रेलर :