साप्ताहिक संवाददाता
एक बर्ष अघि नेपाल प्रदर्शन भएको चलचित्र ‘शुभलभ’ लन्डनमा पनि प्रदर्शन गरिएको छ । साउथ हयारोस्थित गोल्डेनसीप हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न दर्शको बाक्लो उपस्थिती रहेको चलचित्र निर्देशक सन्तोष लोहनीले बताएका छन् ।
चलचित्र हेर्न एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता रहेको थियो । यो चलचित्र बेलायतका विभिन्न शहरमा १ महिनासम्म प्रदर्शन गरिने पनि चलचित्र यूनिटले जनाएको छ ।
प्रेम कथामा कमेडी मिसाइएको चलचित्र १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा समेत प्रदर्शन हुने निर्देशक लोहनीको भनाई रहेको छ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र धर्मराज सुवेदीले निर्माण गरेका हुन् । चलचित्रमा ज्योतिस हरिहर अधिकारी, कृस्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्य थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन छ । यसका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् ।