साप्ताहिक संवाददाता
सन २०१८ को मिस नेपाल प्रतियोगीता सँगै हेटौंडाकी शृंखला खतिवडा चर्चामा आईन् । उनले प्रतियोगीताको उक्त सिजनको शिर्ष उपाधि आफ्नो पोल्टामा पार्न सफल भईन् । त्यसपछि मिस वल्र्डमा सहभागीता जनाउन पुगेकी उनको चर्चा झनै चुलियो ।
पछिल्लो समय भने उनको चर्चा व्लगर सिसन बाँनियासँग जोडेर भैरहेको छ । मिस नेपालको सोही सिजनबाटै नजिकिएका उनीहरु विभिन्न स्थानमा सँगै देखिन थालेका छन् ।
नेपालका सुन्दर ठाउँको ट्राभल व्लग बनाउँदै आएका सिसन र शृंखला पछिल्लो पटक पोखरामा सँगै भेटिएका छन् । नेपाल भ्रमण वर्ष २०२० को पोखरा उदघाटनका क्रममा पोखरा पुगेका उनीहरुले हट एयर बेलुनमा सयर गरेका थिए भने सिसनले पोखरा आसपासको र बेलुनको यात्रा समेटिएको व्लग युट्युबमा राखेका छन् ।
उनीहरुको निकटतालाई लिएर बजारमा विभिन्न खाले चर्चाहरु भैरहेका छन् । कतिपयले उनीहरु प्रेममा रहेको चर्चा पनि गरिरहेका छन् । तर, उनीहरु दुबैले आफूहरु राम्रो साथी मात्रै भएको बताउँदै आएका छन् ।