पूजाको दु:खको काँडा पन्छाउँदै पल

- साप्ताहिक संवाददाता

पुस २४, २०७६

 

अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । ‘दु:खको काँडा’ बोलको सार्वजनिक गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठको आवाज सुन्न सकिन्छ । 

गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको छ भने देवल भण्डारीको शब्द रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम देखाइएको छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउाछु २’ फागुन २३ मा रिलिज हुनेछ । 

साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा  दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ ।

गीतको भिडियो :

 

प्रकाशित :पुस २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×