साप्ताहिक संवाददाता
नेपालमा त हिउँ खेली नै हालिन्छ । बाहिरचाहिँ नर्वेसम्म पुगेको छु ।
विकास आचार्य, चलचित्र निर्देशक
हाम्रो देश नेपालमा फूलचोकी, दामन, कालिन्चोक, नगरकोट इत्यादिमा र विदेशमा लन्डन, स्वीट्जरल्यान्ड, डेनमार्क र क्यानडामा हिउँ खेलेको छु ।
सञ्जय रौनियार, गायक
हिउँ खेल्नकै लागि भनेर दोलखाको कालिन्चोक र मुस्ताङको जोमसोम अनि मुक्तिनाथसम्म पुगेको सम्झना छ ।
मल्लिका शाक्य, बडीबिल्डर
नेपालभित्र हिउँ खेलेको जन्मथलो संखुवासभाको गुफापोखरीमा हो, तर पहिलो पटक हिउँ नै परेको प्रत्यक्षचाहिँ दक्षिण कोरियामा देखें ।
हेमन्त गौतम, टेलिभिजनकर्मी
आजसम्म हिउँ खेल्ने त्यस्तो अवसर नै जुरेको छैन भन्या ! सायद यो वर्षचाहिँ कालिन्चोक गइन्छ कि ?
संजोक बस्याल, आरजे
यो वर्ष त म कतै गएको छैन, तर विगतका वर्षहरूमा मनाङ, मुस्ताङ र अन्नपूर्ण बेस क्याम्पसम्म हिउँ नै खेल्न भनेर पुगेको थिएँ ।
अर्जुन गिरी, पत्रकार
हिउँ खेल्नकै लागि त कहीँ पनि गएको छैन ।
भगवान भण्डारी, लोकदोहोरी गायक
हिउँ खेल्नकै लागि भनेर त कहीँ पनि गएको छैन, तर गत महिना कजाकस्तान पुगेका बेला हिउँ परेको थियो । त्यहाँचाहिँ मज्जाले हिउँ खेलियो ।
अविरल थापा, स्तम्भकार
हिउँ खेल्ने चिज होइन, यो त हेर्ने चिज हो । हिउँ हेर्नका लागि चाहिँ सगरमाथाको फेदीदेखि माछापुच्छ्रे, कञ्चनजंघासम्म पुगेको छु । एकपटक हिउँ खेल्दा गर्दनबाट हिउँको डल्लो छिरेर तल जुत्ताबाट निस्किएको थियो, त्यसैले मलाई हिउँ खेल्न मनै लाग्दैन, बरु हेर्न मन लाग्छ । फेरि हिउँ खेलेर चिसोमा कुनै पदक पाइने पनि होइन । सबै जना चिसोबाट बचौं, हिउँ खेल्नुभन्दा पनि हेरेर आनन्द बटुलौं ।
अर्जुन घिमिरे (पाँडे), हास्यकलाकार
कर्णालीको जुम्ला जिल्लामा मंसिर, पुस र माघमा नेपालकै बढी जाडो हुन्छ । मेरो बाल्यकाल जुम्लामै बितेकाले धेरै कुराको सम्झना छ । त्यो बेला मलगायत साथीभाइ भएर हिउँ कति पर्यो भनेर काठको स्केलले हिउँको उचाइ नाप्ने गरिन्थ्यो, अनि पैतालादेखि घुँडासम्म हातको नापले नै हिउँको उचाइ पत्ता लाउँथ्यौं । बारीमा गएर हिउँको सबैभन्दा ठूला डल्ला बनाउने प्रतिस्पर्धाको खेल खेल्थ्यौं । हिउँमा मान्छेको आकृति बनाइन्थ्यो । दिनमै तीन–चार पटक कपडा फेर्ने गरिन्थ्यो । घरअगाडिको परालको टौवामा झुन्डिएको हिउँलाई निकालेर खाइन्थ्यो । अझै हिउँ खानका लागि भनेर घण्टौं हिँडेर जङ्गलमा गई नुन र चुकसँग साँधेर घाममा बसेर पो खाइन्थ्यो त ।
पूर्ण चौलागाईं, अन्तर्राष्ट्रिय भलिबल रेफ्री
धेरै समयअघि तेर्हथुम, जिल्लाको वसन्तपुरमा हिउँ खेल्न गएको थिएँ ।
रवि आचार्य, अभिनेता
हिउँ खेल्नका लागि भनेर ताप्लेजुङ जिल्लाको पाथीभरा गएको थिएँ । त्यो ठाउँमा दुई रात बास नै बसेको थिएँ ।
वसन्त अधिकारी, चलचित्र निर्देशक
मैले त अहिलेसम्म हिउँ नै देख्न पाएको छैन । यस्तो भन्दा नि कस्तो अचम्म है । हिउँसँग खेल्न त धेरै मन छ, तर के गर्नु समय नै जुरेको छैन । यो वर्ष हिउँ खेल्न कालिन्चोक जाने योजना थियो तर कामविशेषले गर्दा देशबाहिरको कार्यक्रममा आउनुपर्यो । आउँदो वर्ष भने हिउँसँग खेल्ने अवसर मिल्ला कि ?
वसन्त विश्वकर्मा, गायक
हिउँ हेर्नका लागि मात्र भए पनि काठमाडौंदेखि करिब २ घण्टा भन्दा बढी लगाएर बाइकमा फुल्चोकी डाँडा गएको थिएँ । त्यहाँ हिउँभन्दा पनि धेरै त दु:ख देखियो ।
आशिष न्यौपाने, आरजे
अघिल्लो वर्षमा हिउँ हेर्न अनि खेल्न भनेर कालिन्चोकसम्म पुगेको थिएँ ।
विकल्प अधिकारी, हास्यकलाकार
अहिलेसम्म त केवल टेलिभिजनसम्म मात्र पुगेको छु, तर इच्छाचाहिँ हिमालसम्म नै पुग्नेछ ।
मिलन श्रेष्ठ, भिजे
ताप्लेजुङको पाथीभरामा हिउँ खेलेको छु । निकै रमाइलो भएको थियो । पहिलोचोटि हिउँ पनि त्यहीँ देखेको हुँ ।
सुमन कोइराला, कमेडियन
ओहो ! म त अहिलेसम्म पनि हिउँ खेल्न कतै जानै पाएको छैन नि ! हैट के पो गर्ने होला ? अब यसपालिचाहिँ जानुपर्ला कि !
काजिश श्रेष्ठ, भिडियो निर्देशक
हिउँ परेको ठाउँमै पुगेको छु । अस्ति मात्र चन्द्रागिरि पुगेको थिएँ ।
अरविन भट्टराई, गायक
करिब पाँच–छ वर्षअघि साथीभाइ मिलेर दामनमा हिउँ खेल्न गएका थियौं । धेरै रमाइलो भएको थियो ।
महेश भण्डारी, राजनीतिज्ञ
हिउँको आनन्द लिन दोलखाको कालिन्चोकसम्म पुगेको छु ।
कुशल विष्ट, हास्य कलाकार
हिउँ खेल्न मुलुकका धेरैजसो स्थानमा सम्झेर नै पुगेको छु । कहिलेकाहीं कास्मिर र स्वीजरल्यान्डका सेताम्य हिँउले पनि लोभ्याउँछन् । त्यहाँ पनि हिउँ खेलिरहेकै हुन्छु । फरक यति मात्र छ, कहिलकाहीं हिउँ खेल्दा खेल्दै बिउँझिन्छु, कहिले खेल्नै नपाई बिउँझिन्छु । आफू जहाँ छु त्यहाँ हिउँ नै पर्दैन । जहाँ हिउँ पर्छ त्यहाँ जिन्दगीले हिउँ नै खेल्न जान्छु भनेर खर्च गर्नका लागि कुनै अनुमति दिएको छैन ।
मन क्षेत्री, सञ्चार तथा साहित्यकर्मी
योभन्दा पहिलेको वर्ष साथीहरूसँग मिलेर भारतको उत्तराखण्डमा पर्ने औलीमा गएको थिएँ । धेरै मज्जा आएको थियो, तर पछि घर आइपुग्दा चिसो लागेछ ।
ममता अधिकारी, मोडल
आजसम्म हिउँ खेल्ने त्यस्तो मौका नै मिल्या छैन, के गर्नु ? एकपटक चन्द्रागिरिमा भने हिउँ परेको देखेको छु । हाहाहा ।
सुमन कार्की, कमेडियन
दोलखाको कालिन्चोकसम्म पुगेको छु । त्यहाँ निकै मस्ती गरियो ।
उमेश राई (फुलन्देकी आमा), हास्यकलाकार
सानोमा आफ्नै गाउँ डोटीको कोटिलामा २०४१ सालको पुस महिनामा खेलेको थिएँ । त्योबाहेक अन्त कतै गएको छैन ।
रामलाल जोशी, लेखक
गएको वैशाखमा मुस्ताङ जादाँ हिउँ परेको रहेछ । त्यहाँ खेलेको थिएँ ।
देवेन्द्र बब्लु, मोडल