हङकङमा १५ औँ एलजी नाईटको भब्य तयारी

- अनोज रोक्का

पुस २५, २०७६

सांगीतिक कार्यक्रम मार्फत हङकङमा अलग्गै पहिचान बनाएको ‘लाली गुरासँ एसोसियसन’ले १५ औँ संस्करणको तयारी थालेको छ ।

कार्यक्रममा हास्यकलाकार जितु नेपाल (मुन्द्रे), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलेन्देको आमा), गायक प्रकास सपुत, गायीका शान्तीश्री परियार, कलाकार अन्जली अधिकारी, वुगी वुगी डान्स रियालिटी शोकी विजेता कविता नेपाली, द भ्वाईस अफ नेपाल सिजिन २ विजेता राम लिम्बुसँगै टप १० प्रतिस्पर्धी आरिफ रौफ, सनिस श्रेष्ठ, अन्जु राना मगर, याङ्की योल्मो, कार्यक्रम प्रस्तोता शुसिल नेपाल लगायतको प्रस्तुती रहनेछ ।

कार्यक्रम हङकङ स्थित युङ्लोङ अडिटेरियम थिएटरमा २८ जनवरी २०२० का दिन बेलुकी ७ बजेबाट शुरु हुनेछ ।

एलजी नाईटले आफ्नै ईतिहास बनाएको छ । १५ औँ संस्करणसम्म आउनका लागि हामीले पर्याप्त मेहनत गरेका छौँ । हाम्रो टिमवर्कले गर्दा हङकङका नेपालीहरुलाई मनोरञ्जनसँगै केहि रकम सामाजिक सेवामा खर्च गर्न पाएका छौँ यसले सन्तुष्टी दिएको छ आयोजक चेतन गुरुङ बताउँछन् ।

आयोजक मध्येका एक हिमाल राना भन्छन् ‘हङकङमा बहुप्रतिक्षित कार्यक्रम मध्ये एलजी नाईट पनि एक हो । हामीले चर्चामा रहेका दर्जन बढि कलाकारहरुलाई एउटै मञ्चमा प्रस्तुत गर्छौँ । चर्चा र कलाकारिताको उत्कृष्टतामा रहेका कलाकारहरुलाई ब्यवस्थापन र कार्यक्रम सफलताको लागि गरिएको मेहनतले विदेशी भुमिमा राम्रो कार्यक्रमको आयोजना गरेको महशुस गरेका छौँ ।’

प्रकाशित :पुस २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×