साप्ताहिक संवाददाता
धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।
वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधी पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।
वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनि झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागी पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।