राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । हङकङमा रहेका नेपालीहरुले पनि एक कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाए ।
हङकङ याउमा तेई स्थित कम्युनिटी हलमा पृथ्वीनारायण शाहको फोटोमा फुल, माला अर्पण गर्दै सहभागीहरुले पृथ्वीनारायण शाहको गरिमा, साहस र राष्ट्र एकिकरणको सम्झना गरेका थिए ।
कार्यक्रम प्रवासी नेपाली एकता समाज हङकङले आयोजना गरेको हो । बाईसे, चौविसे राज्यहरुमा छरिएको भुभागलाई एकिकरण गर्दै विशाल नेपाल निर्माणको अगुवाई गरेकै कारण पृथ्वीनारायण शाहलाई राष्ट्र पिताकोरुपमा हामी मान्दछौ । उनको योगदानको स्मरण गर्दै प्रवासी एकता समाजले पनि हरेक बर्ष जन्मजयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरिरहेको छ समाजका अध्यक्ष ईश्वरविक्रम शाह बताउछन् ।
राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेकाले नै उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा विकसित गरिएको हो ।
देश गणतन्त्रमा प्रवेश गरेपनि राजा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै देशैभरि खुसियाली मनाईन्छ । विगतका दिनहरुमा मुलुकभरि सार्वजनिक विदा दिईए पनि पछिल्लो समय सरकारले विदा कटौती गरेको छ । केहि प्रदेश र स्थानिय तहमा भने पृथ्वीनारायण जन्मोत्सव मनाउन सार्वजनिक विदा दिईयो ।