साप्ताहिक संवाददाता
पुस २८, २०७६
बलिउड अभिनेत्री कृति सैनन यतिबेला चलचित्र ‘मिमी’ तयारीमा जुटेकी छिन् । यो चलचित्रका लागि उनले १४ केजी तौल बढाउनु पर्ने भएको छ । अहिले उनी आफ्नो शरीरको तौल बढाउन ब्यस्त छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रकै ५६ किलोकी कृति बजन बढाएर ७० किलो बन्दै छिन् ।
कृति यसलाई उनले एक टास्कका रूपमा लिइरहेकी छन् । तौल बढाउन उनी पनीर, मिठाई, घ्यू, जंक फुडहरू धेरै खाइरहेकी छन् ।
सरोगेसीमा आधारित चलचित्र ‘मिमी’लाई लक्ष्मण उतेकरले निर्देशन गर्दैछन् । चलचित्रमा कृतिसँगै पंकज त्रिपाठीले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।