‘हामी उठ्ने छौँ’ अभियानले आयोजना गरेको च्यारिटी करि लन्च कार्यक्रममा १० लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज प्रतियोगितामा पुरस्कार राशी प्रदान गर्नका लागि हङकङमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको थियो ।
जोर्डन स्थित ब्लु ओशन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, ब्यापारीसँगै स्थानिय चाईनिज, विदेशीहरुको उल्लेखय उपस्थिती थियो । डा. जिम लि भाईस प्रेसिडेन्ट हङकङ तेक्वान्डो एसोसियसन हङकङका साथै ईन्डोनेशिया, हङकङ तथा फिलिपिन्सका सामाजिक अभियान्ताहरु मिस्टर जोशेप पाउ, मिस्टर स्टेभ्स, मिस्टर योङ, मिस्टर बेन लि, मिस्टर राईमन्ड फङ लगायतको सहभागीता थियो ।
कार्यक्रममा हामी उठ्ने छौँ अभियानका संस्थापक सुरज गुरुङ र च्यारिटी लन्च कार्यक्रमका संयोजक रक्स गुरुङले विदेशी पाहुनाहरुलाई नेपालको राष्ट्रिय झन्डा चिनो प्रदान गरेका थिए ।
भिजिट नेपाल २०२० लाई प्रवद्र्धनसँगै आफ्नो गाउँ आफै चिनाउने अभियानका लागि आर्थिक संकलन गर्ने हेतु कार्यक्रमको आयोजना गरिएकोअभियानका संस्थापक निर्देशक मास्टर तुलसीकुमार गुरुङ बताउँछन् ।
‘सहभागी विदेशी पाहुनाहरु पटक पटक नेपाल घुमेर आईसकेका छन्, हाम्रो अभियानप्रति उहाहरुले स्वतस्र्फुेत देखाउनु भएको सदासयताप्रति हामी नतमस्तक छौँ । आफ्नो देशप्रतिको जिम्मेवारीलाई महशुस गर्ने वातावरण तयार गरेका छौँ भन्ने महशुस भएको छ’ गुरुङ भन्छन् ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि स्थानिय प्रतिभाहरुबाट गीत र नृत्यसँगै लक्की ड्र समेत गराईएको थियो ।
‘हामी उठ्ने छौँ‘ अभियानले पर्यटकीय सम्भावनाहरुको खोजी गर्ने क्रममा मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज प्रतियोगिताको आयोजना गरेको थियो । ५ मिनेटसम्मको भिडियोमा आफ्नो वरिपरी पर्यटकीय सम्भावना बोकेका स्थान, परम्परा, खानपिन लगायतका विषयमा सहभागीहरुले भिडियो समावेश गरेका थिए ।
पहिलो चरणको पर्यटकिय सम्भावनाको खोजी सफलतापूर्वक सम्पन्न भएपश्चात अभियानले भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गर्दै मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको दोश्रो संस्करण आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट भिडियोलाई २० लाख रुपैयासगै विभिन्न पुरस्कारहरुको ब्यवस्था गरिएको छ ।
नेपालमा भुकम्प पश्चात सहयोग गर्ने हेतु हङकङबाट शुरु गरिएको हामी उठ्ने छौ अभियान फाउण्डेशनकोरुपमा दर्ता भई विभिन्न सामाजिक काममा आफुलाई अग्रसर बनाईरहेको छ ।