साप्ताहिक संवाददाता
पुस २८, २०७६
बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले ऋतिक आफ्नै जीवनकै राम्रो मान्छे भएको बताएकी छिन् । उनले ऋतिकको ४६ औँ जन्मदिनको शुभकामना सन्देश दिदै यस्तो बताएकी हुन् ।
ऋतिकका २ छोराकी आमा सुजैनले छोराहरुको तस्बिर सहित लेखेकी छिन्–‘जन्मदिनको धेरै शुभकामना ऋतिक...तिमी मेरो जीवनको सबैभन्दा राम्रो व्यक्ति हौँ ।’
ऋतिक रोशन र सुजैन खानबीच सम्बन्धविच्छेद भएको ५ वर्ष भैसकेको छ । कानूनी रुपमा सम्बन्धविच्छेद भएपनि उनीबीच राम्रो सम्बन्ध छ । सम्बन्धविच्छेद पछि पनि उनीहरु बेला बेला आफ्ना छोराहरुसँग सँगै समय बिताईरहेका हुन्छन् ।
सुजैन र ऋतिकले सन् २०१४ मा १४ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउँदै अलग भएका थिए । त्यसबेला सुजैनले आफूहरू जीवनको त्यस्तो अवस्थामा पुगेको, जहाँ अलग हुनु नै राम्रो थियो भनेकी थिइन् ।