नेपालीहरुको बसोबास रहेको संसारैभरिबाट ‘भिजिट नेपाल २०२०’ को प्रर्वद्धन गर्ने हेतुले विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेको छ । यसैक्रममा करिब ५ हजार नेपालीहरुको बसोबास रहेको चीनको प्रशासकिय भुभाग मकाउमा पनि भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको छ ।
कार्यक्रममा स्थानिय चाईनिज, विदेशी, नेपाली संघसस्थाहरुका प्रतिनिधीहरुको उल्लेख उपस्थिती रहेको थियो ।
नेपाली मौलिक बाजा, लाखे नाच, मौलिक पोषाक र भिजिट नेपाल अंकित टिसर्ट लगाएर सहभागीहरुले मकाउको पर्यटकिय स्थल परिक्रमा गरेका थिए ।
कार्यक्रममा हङकङ मकाउ महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उपस्थित सम्पुर्ण विदेशीहरुलाई नेपाल भ्रमणको निम्तो दिदै जीवनभरिको अनुभवको लागि नेपाल घुम्न अनुरोध गरे ।
फ्रि भिषाको साथमा न्यानो स्वागत सहित प्राकृतिक सम्पदाले भरिपुर्ण देश यहाँहरुलाई स्वागत गर्न तयार छ भट्टराईले भने ।
नेपालको मौलिकता झल्कने क्यानभाष पेन्टिङ्ले विदेशीको ध्यान आकृष्ट गऱ्यो । वान डे पेन्टिङ आर्ट र डेकोर प्रालिले सयुक्तरुपमा प्रर्दशन गरेको मौलिक पेन्टिङ्हरुलाई स्थानिय सञ्चार माध्यमहरुले चासोकोरुपमा प्रस्तुत गरे ।
कार्यक्रमलाई नेपाली दुतावास र गैहआवासिय नेपाली संघ मकाउले सयुक्तरुपमा आयोजना गरेका थिए ।
यसअघि हङकङमा जनवरी ५ तारिकका दिन दुतावास र गैह्रआवासिय नेपाली संघ हङकङले भिजिट नेपाल २०२० को उद्घाटन गरेका थिए ।