गायक निशान भट्टराईको निधन

- साप्ताहिक संवाददाता

पुस २९, २०७६

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित  बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको  थियो ।

ट्रमा सेन्टर पुराए लगत्तै चिकित्सकले मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले जनाएका छन् । 

गजल गायनमा चर्चित भट्टराई ४० को दशकको अन्त्यतिर चर्चामा आएका गायक हुन् । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

गजल गायनमा चर्चित गायक भट्टराई लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल थिए । दुर्घटनाको कारण भने अहिलेसम्म प्रहरीले पत्ता लगाएको छैन ।

प्रकाशित :पुस २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×